Memoir
My first pair of shoes in Canada
Contributor: Sharmila Pokharel, March 2021, Edmonton, Canada
I didn’t have great ambitions other than to live in a place that had a window and a balcony. The
day we arrived in Canada my mind wobbled like a pendulum – I was confused and happy at the
same time. As we approached Edmonton, after thirty hours of travel from Nepal, the country of
Mt Everest, I looked down through the plane window and saw vast emptiness and barren fields.
But seeing the smiling faces of my uncle and husband’s friend waiting for us at the airport, I
shed tears of happiness.
During my first six months in Canada, I conducted a vigorous job hunt armed with a civil
engineering degree and six years of professional experience but had no luck. I started searching
for any kind of job. Finally I received a call from Pizza 73. During the interview, the manager
said, “You can start work on January first or second–the choice is yours–but keep in mind that
January first is a very busy day.” I did not want to run away from my responsibilities so I agreed
to start on New Year’s Day.” Looking at my height, she said, “You better buy platform shoes so
you can reach the kitchen countertop.”
Finding an appropriate pair of shoes for my short and narrow feet was always a
challenge. Luckily, this time we found a perfect fit. I instantly became two inches taller wearing
my brand-new white Reebok walking shoes.
January 1st turned out to be a dreadful day. Pizzas were being prepared and rolling along
the queue in trays as if robots were making them. Nobody had a spare second to explain what I
was supposed to do. I ran here and there to help with minor tasks. After eight hours of standing
and running without eating or drinking, I was exhausted, dehydrated, and very hungry. When I
got home, I took off my shoes and submerged my sweaty, smelly, and swollen feet in warm, salted
water. I felt empathy for all those people who work in restaurants, hospitals, and grocery stores.
I worked at Pizza 73 for a year. In order to reach the pizza toppings, I had to hop like a
bunny, even with the thick-soled shoes. I got more tired from hopping than from doing the actual
work. Eventually I completed a two-year diploma at NAIT and got a job at an engineering
company where I have been working for the last seven years. I do have a big window and a
backyard now–all it took was five years of struggle and hard work.
This year, I enrolled in the graduate course at Humber School for Writers to pursue another
dream. I’ve written poetry since I was a child; I published my first collection at the age of nineteen
and the second one at twenty-two.
I would like to share my poem co-translated by Alice Major, who was a mentor from the
2012 Borderlines Writers Circle program.
My country in a foreign land
My country
came along with me
and sat next to me
on the plane
My country
came with me
in the red Tika and Pote (Red Tika is a symbol of good luck in Hindu culture. Pote is a kind of necklace worn by Hindu married women)
and in the Nepali
I speak
My country
came as the holy Gayatri Mantra
my worshiping room
and as thirty three million Gods
Who says
I came here
and left my country behind ?
My country
always comes with me
as my own shadow
Memoir
क्यानडामा एक दशक
Contributor: Sharmila Pokharel, Edmonton, Canada
सन् २०१० साल अप्रिलको एक साँझ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अघिल्तिर हामी उभिएका थियौं । विदाइको हात हल्लाउने बेलामा आमा रुनुभयो । आमाको आँसु देखेर छाती पोलेजस्तो, पेट दुखेजस्तो भयो । सास फेर्न गाह्रो भयो । प्लेनको झ्याल फोडेर भाग्न पाए पनि हुन्थ्यो जस्तो लाग्यो । प्लेन र ट्रान्जिटको लामो यात्रा बेहोसी बेहोसीमै कटाएँ । मनभित्र तैरिरहेका हजार प्रकारका अन्योलको भावनाबिच गुम्सिँदै, टोलाउँदै पहिलोपल्ट प्लेनको झ्यालबाट एड्मन्टनको धर्तीलाई हेरें । सुख्खा, उजाड, डाँडाकाँडा केही नभएको एकदमै नरमाइलो ठाउँ लाग्यो एड्मन्टन अब यही ठाउँमा केही वर्षहरू बिताउनु पर्ने कल्पनाले मन उथलपुथल भयो। कुन दिनमा नेपाल छाडेर हिँडेछु जस्तो लाग्यो । नेपालमा जियोलोजीमा मास्टर गर्नुभएका मेरा श्रीमान् निरज रेग्मीलाई विदेश गएर पढ्ने रहर थियो । पैसा, सपना, भावना र निरजको रहर धेरै थोकको लगानी भइसकेको थियो । तुरुन्तै फर्किहाल्न सम्भव पनि थिएन । पुरानो जीवन छाडेर कहाँको सुनसान, उराठ ठाउँमा आएको सोचेर दिक्क लाग्यो । तर जब एड्मन्टनको एयरपोर्टमा लामो ओभरकोट र टोपी लगाएका नारायण पोखरेल अंकलको हँसिलो अनुहारले हामीलाई कुरिरहेको भेटें अनि मलाई आफ्नै बाउ भेटे जस्तो लाग्यो । निरजको साथी यादव सापकोटाको पातलो, गोरो अनुहारमा मैले आफ्नै दाजु-भाइ देखें । कसैले थाहा नपाउने गरी अलिकति आँसु चुहाएँ। विदेशको ठाउँमा आफ्ना मान्छेहरू भेटनु देउतै भेटे सरह हुनेरहेछ । लगभग दुई साताको फरकमा एड्मन्टन आइपुगेक ओममणि पोखरेल भाइ र हामी एउटै एपार्टमेन्ट भाडामा लिएर बस्यौ, सुरुका केही वर्षहरू ।
सन् २०१२ साल अक्टोवर, विजयादशमीको दिउँसो, एलिस मेजरलाई भेट्ने दिन परेछ । ती दिनहरूमा, मेरा एकचालीस वटा कविताहरूलाई अङ्ग्रेजीमा अनुवाद गर्न उनले मद्दत गरिरहेकी थिइन् । डाउनटाउनको थ्रि- बनाना क्याफेमा टेबुलभरि नेपाली र अङ्ग्रेजी कविताका पन्नाहरू फिंजाएर बसेका थियौँ हामी । केही महिनाअगाडि मात्र मैले चिनेको एलिसको अगाडि रुन पुगेछु । उनी पनि छक्क परिन् र कारण सोधिन् । मैले भनें, ‘आज हामी नेपालीहरूको महान चाड विजयादशमी हो । जीवनमा कुनै दिन यसरी, दशैँको टीकाको दिनमा एक्लै हुनेछु भन्ने सोचेको थिइनँ मैले ।’
गाउँमा हुँदा, दशैँको पाँच दिन आफन्तहरूकोमा टीका लाउन जान भ्याइनभ्याइ भएको कुरा याद आयो । बुबा-मुमा, बासु दाजु, हरि भाउजू, बाबुराम दाजु, भेषराम दाजु, बहिनीहरू, दश जनाको परिवारको साथको याद आयो । नौरथाभरि, हातमा पूजाको थाली बोकेर देवीघर गएको याद आयो । साथीभाइहरू यादभरि आए । मन थाम्नै सकिनँ । किन आएँ होला विदेश भन्ने लागिरह्यो । एलिसले दिएको ढाडसले मेरो एक्लोपनलाई कम गर्न सकेन । निरजले भर्खरै थर्बर इन्जिनियरिङ्गमा जागिर पाउनु भएको थियो । कम्पनीले दुई हप्ताको लागि अर्कै सहरमा पठाएको थियो । बेलुका बिमला आन्टीले फोन गरेर भन्नुभयो, ‘दशैँको दिनमा पनि के एक्लै बसेकी, खुरुक्क यता आऊ ।’
नेपालबाट आएको दुई, चार महिनामा, अङ्ग्रेजी भाषा पढाउने स्कुलमा जान थालें । सोमालियाका मान्छे यस्ता, पाकिस्तानका मान्छे उस्ता भनेर देश र धर्मको लेवलको आधारमा मानिसहरूलाई मूल्याङ्कन गर्ने बानी थियो पहिले । टेलिभिजन र पत्रपत्रिकाले देखाएका समाचारको आधारमा बनेको थियो त्यो एकतर्फी धारणा । तर यहाँ आएपछि विभिन्न देश र फरक धर्मका मानिसहरूसँग एउटै स्कुलमा पढेपछि, एउटै अफिसमा काम गरेपछि, नजिकबाट उनीहरूको स्वभाव देखेपछि सबै मानिसहरू उस्तै हुँदारहेछन् जस्तो लाग्न थाल्यो । स्पेन होस् वा चीन, भारत होस् वा फिलिपिन, जुन देश वा जुन धर्मका साथीहरू पनि उत्तिकै आत्मिय लाग्छन्, नेपालीहरू जस्तै । सँगै काम गर्ने सहयोगी पाकिस्तानी महिला पनि आफ्नै आमा-भाउजू जस्तो लाग्यो । कहिले अङ्ग्रेजी, कहिले हिन्दी त कहिले नेपाली शब्दहरू मिसाउँदै एउटै भाषामा कुरा गथ्यौँ हामी मनको भाषा । जहाँ अक्षर शुद्ध भएन कि भन्ने भय पनि हुँदैन, बोल्दा वाक्य बिग्रेला कि भन्ने चिन्ता पनि हुँदैन । भावना नमिलेको ठाउँमा भने जतिसुकै नै असल, उत्कृष्ट भाषामा बोले पनि शब्दहरू मनको गहिराइसम्म पुग्न सक्दैन रहेछन् ।
सन् २०११ को जनवरीबाट ‘पिज्जा त्रिहतर’ मा काम गरेँ । बिहान झिसमिसैमा अङ्ग्रेजी पढ्न जानु, दिउँसो दुई बजेसम्मको पढाइ सकाएर ट्रेन र बसको एक घण्टाको यात्रा तय गरेर कोठामा आइपुग्नु, दुई गाँस भात हतार-हतारमा खाएर ‘पिज्जा त्रिहतर’ मा चार बजेबाट बेलुका दश बजेसम्म काम गर्नु त्यो बेलाको दिनचर्या थियो । राति दश बजेसम्म काम गरेर म फर्किन्थें त्यही पिज्जामा निरज बेलुका एघारबाट बिहान तीन बजेसम्म काम गर्नुहुन्थ्यो । भर्खर युनिभर्सिटीबाट पेट्रोलियम इन्जिनियरिङ्गमा मास्टर्स गरेर आफ्नो फिल्डको जागिर भेटिसक्नु भएको थिएन । शनिबार र आइतबारबाहेक अरु बेला हाम्रो भेट हुँदैन थियो । क्यानडाको चिसोमा आफ्नो गाडी नहुँदा निकै नै कष्ट भोगेको कुरा सम्झन्छु । पत्रैपत्र पारेर जति नै लुगा लगाए पनि डिसेम्बरको चिसोले हड्डी नै छेड्ला जस्तो हुन्थ्यो। एक दिन बस स्टपमा राति एघार बजेसम्म बस कुरेर बसिरहेकी थिएँ, हिउँ धेरै परेको बेला बस पनि समयमा आइपुग्दैनथ्यो । चिसोको आधा घण्टा भन्नु पनि एक युगभन्दा बढी हुन्छ । धेरै बेरमा गाडी आयो, ती ड्राइभरलाई मप्रति दया लागेछ । कुन देशबाट आएको ? के पढेको ? कहाँ काम गर्छौ ? सबै सोधे मैले आफू नेपालबाट आएको, सिभिल इन्जिनियर थिए अहिले ‘पिज्जा त्रिहतर’ मा काम गर्छु भनें । पिज्जामा काम गरेको यथार्थले पोलेको थियो होला सायद मलाई । त्यही प्रश्न मैले ती कपाल सेतै फुलेका साठी, सतरीका जस्ता देखिने बस ड्राइभरलाई सोधें, ‘उनले आफू अमेरिकाबाट यता आएको बताए ।’ पाइलट रहेछन् उनी । पाइलटबाट अवकास प्राप्त गरिसकेपछि अहिलेचाहिँ बस ड्राइभर रहेछन् । यहाँ काम सानो-ठूलो हुँदैन भन्ने कुराको अमिट छाप त्यो दिन पर्यो मलाई ।
२०१२ सालमा नर्दन अल्बर्टा इन्स्टिच्युट अफ टेक्नोलोजीमा इन्जिनियरिङ्ग डिजाइन र ड्राफ्टिङ्ग टेक्नोलोजीको दुई वर्षे पढाइ सुरु गरें। पहिलो वर्षको पढाइ नसकिंदै एइकममा ब्रिज टेक्नोलोजिस्टको जागिर पाएँ चार महिनाको लागि । पछि दोस्रो वर्षको पढाइ सकाएर फेरि त्यही
कम्पनीमा फर्किएँ । सन् २०१२ मा संयोगले कताकताबाट राइटर्स गिल्ड अफ अल्बर्टाको बोर्डरलाइन्स राइटर्स सर्कल भन्ने कार्यक्रममा जोडिने अवसर मिल्यो । संसारका कुनाकुनाबाट एड्मन्टनमा आएका लेखक, कलाकारबाट चार, पाँच जनालाई समेटेर एक वर्षसम्म उनीहरूको साहित्य लेखनमा मद्दत र प्रोसाहन दिने प्रोग्राम रहेछ त्यो । त्यसैबाट मैले मेन्टरको रूपमा एलिस मेजरलाई पाएँ । गोरो छालाभित्र हिउँभन्दा सेतो मन भएकी क्यानेडियन एलिसको प्रेरणा र देवर पंकज रेग्मीको सहयोगमा नेपाली भाषामा लेखिएका कविताहरूलाई अङ्ग्रेजीमा उल्था गरेर दुई भाषाको कविता सङ्ग्रह ‘परदेशमा मेरो देश’ प्रकाशित भयो । यसले मलाई साहित्यको पुरानो बाटोमा फर्किन सघायो ।
क्यानडाको आँगनमा पनि नेपालमा घाम आइपुगेको छ । यताका रुख बिरुवाहरूमा पनि हरियोपन उतैको झैं देखिन्छ । सबै कुरा ठ्याक्कै उस्तै भए पनि मन भने स्मृतिमा फर्केर, वर्तमान जिउन विर्सिरहन्छ । सुरुसुरुमा यस्तो लाग्थ्यो कि विदेशमा धेरै बसे पाँच वा छ वर्ष बसिन्छ तर रहँदै बस्दै जाँदा – समय बितेको पत्तो नहुँदो रहेछ । दशैँमा जयन्ती लहरा फुलेको फुलबारी, इन्द्र कमल फूलको बास्ना छरिएको आँगन कहिलेकाहीँ अतितमा फर्किएर पुनः त्यही ठाउँ र त्यही समय दोहोऱ्याउने रहर लाग्दछ । क्यानडाको ज्यास्पर पार्कको हरियो पानीमा पनि, मनले उही नेपालमा हुँदाको सुन्दरी खोलाको नीलो पानी देख्ने चाहना गर्ने रहेछ । ठाउँ नयाँ भए पनि मन सधैं उही पुरानै हुँदो रहेछ । नेपाल छाडे पनि नेपाली स्वाद छोड्न मान्दैन यो जिब्रोले ।
धेरै वर्ष यता बसेपछि, अचेलचाहिँ दशैँ तिहार जस्ता चाडपर्वहरूमा नेपाल र त्यहाँ हुँदाको यादहरूले सताउनु स्वाभाविक भए पनि अरू सामान्य दिनहरूमाचाहिँ आफूलाई परदेशमा बसेको महसुस हुँदैन । यता पनि उतैका जस्ता मान्छेहरू बस्छन् भन्ने सम्झिरहन्छु म एड्मन्टनमा बसोबास गर्नुहुने आफन्तहरू (नारायण पोखरेल, मनोज पोखरेल, पुष्कर पोखरेल र अन्य साथीभाइ र आफन्तहरू) को कारणले गर्दा पनि यो ठाउँ विदेश जस्तो नलागेको हुन सक्छ । २०१० सालमा हामी दुई बुढाबुढी मात्र आएका थियौं । अहिले सासु ससुरा, देवर-देउरानी, नानीहरू गरेर आठ जनाको परिवार, नेपाली खाना, नेपाली भाषा, घरभित्र एउटा सानो नेपाल छ । सबै समय-समयको कुरा हुने रहेछ ।
नेपालमा कविता गोष्ठीहरूमा गएको, साहित्य सन्ध्या, नारी साहित्य प्रतिष्ठान जस्ता संस्थाहरूका कवितावाचनहरूमा भाग लिएको सधैं याद आइरहन्थ्यो । यहाँ आएको सुरुका केही वर्षहरू गाँस, बास र शिक्षाको घनचक्करमै बितेर गयो । अनि बिस्तारै कछुवाको तालमा अङ्ग्रेजी कविताको दुनियाँमा प्रवेश गर्ने मौका मिल्यो । यताका अङ्ग्रेजी साहित्यकारहरू पनि धेरै धेरै आत्मिय पाएँ मैले ।
२०१५ सालमा बोर्डर लाइनकै साथीहरू मध्येका पुष्पराज आचार्य, युकारी मेल्ड्रम, टिफिनी अडेर मिलेर हामीले कविता र चित्रको संयुक्त पुस्तक ‘सोमनियो, द वोए उइ सि इट’ प्रकाशित गर्ने मौका पायौँ । एड्मन्टन आर्ट काउन्सिलले प्रत्येक वर्ष बसाइँ सरेर आएका साहित्यकार, कलाकार बिचबाट छानेर पाँच, छ जनालाई सात हजार पाँच सय क्यानेडिन डलरको पुरस्कार र ‘कल्चरल डाइभरसिटी इन आर्ट’ नामको सम्मान दिने रहेछ । २०१२ सालमा पाएको त्यो पुरस्कार मेरो जीवनमा साहित्यले दिलाएको सबैभन्दा ठूलो पुरस्कार हो।
सन् २०१४ को जनवरीबाट ‘डब्लु यस पी क्यानडा’ भन्ने कम्पनीमा एड्मन्टनका सडकहरूको नक्सा डिजाइन गर्ने ठाउँमा काम गर्ने अवसर पाएँ । रहँदा बस्दा एड्मन्टनप्रतिको आत्मीयता बढ्दै गयो । निश्वार्थ मन भएका ईश्वरीय आँखाहरू एड्मन्टन वरिपरि जताततै भेटिए । एकले अर्कालाई सहयोग गर्न तत्पर हुने संस्कार भेटें । २०२१ सालको जनवरीबाट टोरन्टोको हमबर स्कुल फोर राइटर्सबाट क्रियटिव राइटिङ्ग
ग्राजुएट कोर्स पढ्न सुरु गरेकोछु । यो ठाउँमा पढ्न र सपना देख्नलाई उमेरले नछेक्ने रहेछ ।
साभार
आँगन छोडेपछि, पुस्तक ( शिखा बुक्स, २०७६)
आप्रवासी नेपाली इन्जिनियरहरूको सङ्घर्ष र सपनाको कथा
सम्पादकः कृष्ण कुसुम केशवराज ज्ञवाली